धनगढी। धनगढीमा लागूऔषध (खैरो हेरोईन) सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ त्रिनगरमा से ७ प ६२३७ नम्बरको स्कुटीलाई चेकजाँच गर्ने क्रममा लागूऔषध खैरौ हेरोईनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो।
धनगढी ०२ त्रिनगर ब्यारेल नजिक कञ्चपुर बेलौरीबाट धनगढी तर्फ आईरहेको चालक गोदावरी नगरपालिका १२ बस्ने २९ वर्षीय धर्म बडैलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको पाईन्टको खल्तीमा लुकाई छिपाई राखेको ८ ग्राम खैरो हेरोईन फेलापारेको हो। स्कुटी र निज समेतलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


