धनगढी। धनगढी उपमहानगरका मेयर गोपाल हमालले आफ्नै प्रतिवद्धता विपरित तलव सुविधा लिएका छन् । उनले जेठ महिनाको २३ दिनको ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा तलव बुझेका हुन ।
चुनावका बेला हमालले एक रुपियाँ पनि सेवा सुविधा उपमहानगरबाट नलिने बताएका थिए । यद्यपी मेयर हमालले तलव रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण छन। आलोचकहरुले यसरी स्थानीय सरकारबाट तलव लिएर समाजसेवा गर्नु आफ्नै घोषणा विपरित भएको बताएका छन् ।
हमालले समाज सेवा गर्नलाई कि आफ्नो नीजि रकम दिनुपर्छ कि त तलव र सेवा सुविधा लिन्न भन्ने घोषणा गर्नु हुन्नथ्यो यो तरिका पनि एकप्रकारको आर्थिक अनियमितता हो एक आलोचकले भने। हमालले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा तलव नलिन गरेको प्रतिवद्धता हेर्नुहोस यहाँ तल


