कैलाली। कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका १९ (जे )गाउँ बस्ने दिपक बिकका ११ बर्षिया छोरा निखिल बिक मामाघर गएका बेला कैलारी गाउँपालीका ६ स्थित गौकन्द्री खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा बुधबार बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार दिउँसो २ :४५ बजे कैलारी गाउँपालीका ६ धरमपुर स्थित गौकन्द्री खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा खोजतलाशको क्रममा प्रहरीले आज बिहान ९ बजे बालकको शव फेला पारेको हो । घटना स्थलबाट ८ सय मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले घटनास्थल लगायतका अनुसन्धान गरी शवलाई मोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको र घटनाबारे थप अनुसन्धान कार्य भईरहेको बताएका छन् ।





