कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका(५ स्थीत पोखरीमा बुधबार दिउँसो घर भत्किदा ४ वर्षीया बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका-४ धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको हो।
घटनामा अन्य दुई जना घाईते भएका छन्। स्थानीय प्रेम साउदको जग्गा अधिया बनाउन गएका बेला पार्वती खुनाले ४ वर्षीया छोरी र ११ वर्षिया छोरा अर्जुन खुनालाई उक्त घरमा छोडेर रोपाई गरिरहेकी थिईन।
कच्ची घर भत्किएपछि घरले च्यापिदा धरमपुरकी ४ महिने करिश्माको खुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए। घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र ११ वर्षीय अर्जुन खुना घाइते भएका छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ। थारु रोपाई सकेर आराम गर्नका लागि उक्त घरमा पसेका थिए।


