कैलाली। कैलालीमा एक जना बालक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका १९ (जे )गाउँ बस्ने दिपक बिकका ११ बर्षिया छोरा निखिल बिक मामाघर गएका बेला कैलारी गाउँपालीका ६ स्थित गौकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो २ :४५ बजे कैलारी गाउँपालीका ६ धरमपुर स्थित गौकन्द्री खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । डुबेर बेपत्ता भएको सुचनापछि प्रहरी टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उक्त स्थान इलाका प्रहरी कार्यालय बहुलियाबाट ४ कि.मि. उत्तर पुर्बमा पर्छ ।


