दार्चुला। गएरातिको अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरूद्ध भएको छ । शैल्यशिखर नगरपालिका-६ ग्वानी र वडा नम्बर ९ नकतड क्षेत्रमा पहिरो खस्दा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरदेखि ग्वानी क्षेत्रमा पहिरोले अवरूद्ध सडक खुलाउन शंकरपुरबाट जेसीभी गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।शैल्यशिखर नगरपालिका क्षेत्रमा अवरूद्ध सडक भने सञ्चालन नभएको स्थानीयले बताएका छन् । सडक अवरूद्धका कारण गोकुलेश्वरबाट सदरमुकाम जाने गाडीहरू गोकुलेमै रोकिएको स्थानीय गणेशसिंह धामीले बताए ।


