धनगढी। धनगढीमा मंगलबार रातिदेखिको वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेका छन्। रातिदेखिको अविरल वर्षाका कारण पानी निकास नहुँदा धनगढीका विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।
धनगढीको वडा नम्बर ५, वडा नम्बर २, ३ लगायतका क्षेत्रमा सडकमै पानी जाम हुँदा विभिन्न क्षेत्र डुबान भएको छ । भौतिक संरचना निर्माण गर्दा निर्माण सामाग्री सडकमै नाली पुरेर राख्ने, नालीको पानीको उचित ब्यबस्थापन नहुदा सामान्य झरिमा समेत यहाँका अधिकांस भुभाग डुबानमा पर्दै आइरहेको हो।
जस कारण बिहानै स्कुल तथा क्याम्पस जानुपर्ने विद्यार्थीलाई समस्या भएको छ। सडकमा पानी जमेर सर्बसाधारणलाई आवतजावतमा निकै समस्या भएको छ । यस्तै यता धनगढी बजार क्षेत्रको सडकमा पानी जमेर सडक अवरुद्ध भएको छ। बजारमा जमेको पानी खोलासम्म पुग्ने निकास नभएकाले बजार डुबानमा परेको हो। यस्तै मंगलबार रातिदेखिको वर्षाले कैलाली जिल्लाको पथरैया, काँढा, कान्द्रा, मोहना लगायतका नदीमा पानीको सतह बढेको जनाइएको छ।


