कञ्चनपुर। कञ्चनपुर जिल्लामा एक पुरुष मृत फेला परेका छन्।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ मिलन चोक बस्ने २८ वर्षीया यमबहादुर श्रेष्ठ मृत फेला परेका हुन्।
श्रेष्ठ आफ्नै घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।