धनगढी। राष्ट्रिय भूमि आयोग कैलालीले भूमिहिनहरुको जग्गा नामजाँचको कार्यलाई तिब्रता दिएको छ।
कैलालीका बिभिन्न स्थानिय तहमा भूमिहिन, दलित सुकुम्बासी तथा अब्यबस्थित बसोबासीका समस्या सामाधान गर्न अयोगले आफ्नो कामलाई तिर्वता दिएको हो। जिल्लाको धनगढी उप-महानगरपालिका, कैलारी गाउँपालिका,भजनी नगरपालिका,लम्कीचुहाँ नगरपालिका र गोदवारी नगरपालिकामा जग्गाको नामजाँच गर्ने कार्यलाई तिब्र बनाईएको हो।राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा लागत संकलन गरी नापजाँचको तयारी थालिएको बताए। यस्तै १३ ओटा स्थानिय तह रहेको कैलाली जिल्लाका बाँकी स्थानीय तहमा लागत संकलन गर्ने कार्य भईरहेको छ, उनले भने।
नामजाँच र लागत संकलन भईरहेका हरेक स्थानिय तहमा आयोग र स्थानिय तहको गरी २/३ ओटा प्राबिधिक टोली बनाई काम थालिएको छ, उनले भने । उनका अनुसार धनगढी उप–महानगरपालिका,गोदावरी नगरपालिका र लम्कीचुहाँ नगरपालिकामा असार भित्र नै लालपुर्जा बितरण गर्ने गरी काम भईरहेको छ । यस्तै राष्ट्रिय भूमि अयोग कैलालीले आफ्नो कामलाई तिब्रता दिएपछि भूमिहिन, दलित सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुमा लालपुर्जा पाउने आसा बढेको कैलारी गाँपालिकाका अध्यक्ष राजसमझ चौधरीको भनाई छ । अध्यक्ष चौधरीले आफ्नो गाउँपालिकाले आयोगसंग सहकार्य गर्दै गाउँपालिकावाट समेत प्राविधिक टोली परिचालन गरेको बताए । उनले भने, २ महिना भित्र जग्गाधनी प्रमाणपत्र दिने गरी तयारी थालिएको छ ।यस्तै जिल्लाका १३ ओटा स्थानिय तहमा अयोगले आफ्नो कार्यलाई निरन्ता दिएको जिल्ला नापी कार्यालय कैलालीका प्रमुख तथा अयोगका सदस्य सचिव शुर्दशन सिंह धामीको भनाई छ। स्थानीय तहमा जाग्गाको निस्सा दिने,लागत संकलन गर्ने र नामचाँजको कार्य भईरहेको बताए ।जिल्लामा रहेका भूमिहिन, दलित सुकुम्बासी र अब्यबस्थित बसोबासीका समस्या सामाधान कासरी छिटोछरितो हल गर्न सकिन्छ भन्ने बिषयमा पनि स्थानिय तहसंगको छलफललाई तिब्रता पारेको सदस्य सचिव धामीले बताए ।
गतबर्ष चैत्र १७ गते नेपाल सरकारले कैलालीमा राष्ट्रिय भूमि अयोगको अध्यक्षमा यज्ञराज उपाध्यायलाई नियुक्त गरेको थियो उपाध्याय नियुक्त लगत्तै धनगढी उपमहानगरपालिका वडा नम्बर –९ मा रहेका २२ घर परिवारहरुलाई लालपुर्जा बितरण गरिएको थियो । यस्तै बुधबार भूमि सेवा केन्द्रका कर्मचारीहरु सँग भेटघाट र भुमी सम्बन्धी समस्या समाधानका कार्यहरु अगाडी बढाउने बिषयमा छलफल भएको छ। छलफलमा राष्ट्रिय भूमि आयोग कैलाली जिल्लाका अध्यक्ष यज्ञराज उपाध्याय,जिल्ला सचिव श्री सुदर्शन सिंह धामी, विज्ञ सदस्य केशवराज जोशी, र जिल्ला सदस्य घनश्याम कुश्मी लगायत टोलीको सहभागिता रहेको थियो । यस्तै जानकी गाउँपालिकाका आदरणीय अध्यक्ष श्री गणेश चौधरी, उपाध्यक्ष लालमती देवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्ट लगायत भूमि सेवा केन्द्रका कर्मचारीहरुसँग छलफल गरिएको जनाइएको छ ।