कैलाली। गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनको लागि दबाव दिन सडक र सदनबाट संगसंगै आवाज उठाउने संघर्ष गरीने प्रतिवद्धता गरिएको छ। कैलालीको गेटामा निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउनको लागि दबाव दिन आईतबार अत्तरियामा संघिय सांसद सहितको छलफल कार्यक्रम गरिएको हो ।
गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले गेटामा मेडिकल विश्वविद्यालय बनाउनु पर्ने र, त्यसका लागि थप संघर्ष गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन । छलफलमा सांसद डा. दिपक प्रसाद भट्टले स्वास्थ्यको क्षेत्रमा राज्यले विगतदेखि नै सुदूरपश्चिम प्रदेशलाई पछाडी पारेको बताए। त्यस्का लागी अब यसको क्षतिपुर्ती सहित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडी बढाउनुपर्ने बताए । साथै उनले सुदुरपश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रको विकास र यस क्षेत्रका जनताले देखेको सपना पुरा गर्नका लागि देशकै पहिलो राष्ट्रिय चिकित्सक विश्वविद्यालय स्थापना गरिन आवश्यक रहेको बताएका छन् ।
उनले आफूले यस बिषयमा संसदमा आवाव उठाउँदै आएको र आगामी दिनमा पनि थप सशक्त रुपमा आवाज उठाउने प्रतिवद्धता गरेका छन् ।उनले आफु संसदमा यस बिषयमा बोल्ने छु । तर, म संसदमा बोलेपनि सडकबाट पनि दबाद दिन आवश्यक रहेको उनको भनाई छ । आफु बोल्नका लागि सदनमा गएपनी संघर्षकालागि म तपाईहरु संग सडकमा आउन तयार रहेको बताए । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत गेटा मेडिकल कलेजलाई राख्न उपयुक्त नहुने धारण राख्दै उनले प्रतिष्ठानको मोडालिटीमा पनि गेटा मेडिकल कलेजलाई संचालन गर्न उपयुक्त नहुने धारण्चा राखेका छन् । यस्तै विश्वविद्यालय बनाउदाँ यसले आफ्नै थुप्रै मेडिकल कलेज चलाउन सक्छ र प्रतिष्ठानको सिमित क्षेत्र छ । प्रतिष्ठानको खर्चमै यसलाई मेडिकल विश्वविद्यालयका रुपमा संचालन गर्न सक्ने उनले बताएका छन् ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेले (आगो) ले भौतिक संरचना निर्माण भइसकेकाले तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालयको मोडेलमा संचालन गर्न आवश्यक रहेको बताए । संयोजक आगोले संघर्ष जारी रहेकाले गेटा मेडिकल विश्वविद्यालय नै हुनुपर्छ भनेर लागेको बताए । उनले मेडिकल विश्वविद्यालय बनाउन सकेमा मात्रै यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्न सक्ने बताए । गेटामा मेडिकल विश्वविद्यालय बनाएर यसबाट अन्य ठाउँमा आंङ्गिक मेडिकल कलेज खोल्न सकिने उनको भनाई छ।
संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा मेडिकल विश्वविद्यालयको लागि आफूहरु नियमित संघर्षमा रहेको जानकारी दिए । साथै उनले गेटामा थुप्रै संरचना बनीसकेकाले नेपाल सरकारको रबैयाका कारण ससंकित भएको बताए । उनले तत्काल अस्पताल संचालन गरी मेडिकल विश्वविद्यालयको माग अगाडी सारेका बताए । संघर्ष समितिका सचिव धर्म सिह कुँवरले सरकारले गेटामा अस्पताल संचालन गरी चिकित्सा शिक्षा अध्यापन नगराउदा सम्म आफूहरुको आन्दोलन नरोकिने जानकारी दिएका छन् । छलफल कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि जुनसुकै हालतमा पनि अब गेटा मेडिकल विश्वविद्यालय नबनाउँदा सम्म संघर्षका कार्यक्रम जारी रहनुपर्ने धारणा राखेका छन् । जसअन्तरगत सरकारले आर्थिक वर्ष २०६६/०६७ मा प्रस्तावित मेडिकल कलेज निर्माणको घोषणा गरेको भएपनि भौतिक संरचना निर्माणको काम भने २०७३ सालदेखि सुरु भएको थियो । हाल प्रस्तावित मेडिकल कलेजको ९० प्रतिशत भौतिक संरचनाको काम सकिएको भएपनि यसलाई कुन मोडालिटीमा संचालन गर्ने भन्ने अन्योल कायमै छ ।


