कैलाली। कैलालीको अत्तरियामा पेट्रोलियम, खाद्य पदार्थ तथा भाडावृद्धि नियन्त्रणको माग गर्दै प्रदर्शन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यसमिति कैलालीले ५ बुदे माग राख्दै कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेको हो।
पेट्रोलियम पदार्थ, खाद्य पदार्थको चर्को मुल्यवृद्धि र भाडा वृद्धि नियन्त्रण लगायतका माग राख्दै नेकपाले अत्तरिया बजारमा बिरोध ¥याली सहित कोण सभाको आयोजना गरेको हो ।उनीहरुले मुल्य बृद्धि नियन्त्रण सहित किसानलाई बिउ, मल समयमै उपलब्ध गर, भ्रष्टाचारी, कालोबजारी, तस्करलाई कार्वाही गर, एमसीसी एसपीपी लगायतका राष्ट्रघाती सम्भौता खारेज गर, ३ बुदे सहमति लागुगर, सम्पूर्ण राजबन्दीलाई रिहाई गर लगायतका माग राखेको छ ।
अत्तरियाको दुर्गा मन्दिर परिसरबाट सुरु भएको बिरोध ¥याली अत्तरिया चोक, अत्तरिया बसपार्क हुँदै महेन्द्रनगर रोडमा पुगेर कोष सभामा परिणत भएको थियो ।कोष सभालाई सम्बोधन गर्दै उनीहरुले जनता महङ्गीको मारमा परेको उनीहरुले बताएका छन् । अझ अहिले स्थानिय निर्वाचनपछि जनताको ढाड सेकिने गरी महङ्गी बढेको उनीहरुले बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति कैलालीका सचिव असल शर्माले स्थानीय चुनाव जितेपछि जनताको डाढ सेकिने गरी महङ्गी बढेको बताए । उनले अहिलेको संसदीय व्यवस्थाले जनताको हित गर्न नसक्ने भएकाले अब वैज्ञानिक समाजवादमा जानुपर्ने बताएका छन् । अब कार्यकारी पद प्रत्यक्ष निर्वाचित हुन हुनुपर्ने ब्यवस्था ल्याउन आवश्यक रहेको बताए । कोष सभामा सम्बोधन गर्दै विशेष समिति सदस्य बिनोद बिष्टले सरकारका पछिल्ला गतिविधिका विरुद्ध आफूहरु आन्दोलित भएको छौँ उनले भने। नेपाल मुल्यवृद्धि, मलका समस्या तत्काल समाधान नगरिए अझै सशक्त रुपमा आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।







