चितवन। काठमाडौंबाट धनगढीका लागि हिँडेको ना ६ ख ७४६३ नम्बर बसका सहचालक गएराति चितवन नारायणगढ-मुग्लिन सडक खण्डमा चिप्लिएर खोलामा बेपत्ता भएका छन् ।
कैलाली गोदावरीका ३५ वर्षीय सहचालक तेजबहादुर बोहरा राति दुई बजे बसबाट झरेर खाजाका लागि चाउचाउ किन्न गएका बेला सो घटना भएको चितवन प्रहरीले जनाएको छ।
खहरे खोलामा खसेका बोहराको चप्पल केही तल फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । बोहराको खोजीका लागि चितवन कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयका उद्धारकहरू पनि परिचालन हुने अधिकारीले बताएका छन् ।