धनगढी। धनगढीमा नक्कली नोट छाप्ने मेसिनसहित २ जना पक्राउ परेका छन्। कैलालीको धनगढीमा नक्कली नोट छापिरहेको अवस्थामा धनगढी वडा नम्बर ८ का २१ वर्षीय रामदास राना र अनुराग राना पक्राउ गरेका हुन्।
वडा प्रहरी कार्यालय धनगढीका अनुसार नक्कली नोट छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


