दार्चुला । जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू (कश्यप) विजयी भएका छन् ।
सोमबार सम्पन्न निर्वाचनमा बडूले १० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका पुरन सिंह बुढाथोकीले ८ मत प्राप्त गरे । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी भएका छन् । उनले १० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका नारन्ती तोलीगाई ९महता०ले ८ मत प्राप्त गरिन् ।
जिल्ला समन्वय समिति दार्चुलाको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । एमाले एक्लै चुनाव लडेका थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा गठबन्धनबाट खडक सिंह धामी, पुस्कर सिंह धामी र बल्देव सिंह ठगुन्ना बिजयी हुनुभएको छ ।
यस्तै तीन महिला सदस्यका लागि सरस्वती सार्की, गौरी टमटा र अस्मती टमटा विजयी हुनुभएको छ । एकजना दलित सदस्यमा गठबन्धनकै कमला सुनार बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौ वटा स्थानीय तह रहेको दार्चुलामा जिल्लामा नेकपा माओवादी केन्द्रको ४ स्थानीय तह प्रमुख र दुई स्थानीय तह उपप्रमुख,नेपाली कांग्रेसको चार वटा स्थानीय तह उपप्रमुख , नेकपा एमालेको ५ स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुख जितेको थियो ।


