धनगढी। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आन्तरिक सर्कुलर मार्फत विभिन्न प्रदेशका संयोजक र सचिव चयन गरेको छ । जस अन्तरगत नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सुदूरपश्चिम संयोजकमा मनोज राई चयन भएका छन्।
यस्तै प्रदेशको सचिवको जिम्मेवारी रक्षा बमलाई दिइएको छ। सोमबार केन्द्रीय कमिटीको निर्णयले उनलाई संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो। आजको बैठकले बैठकले बागी उम्मेदवार बन्ने तथा संगठनलाई धोका दिई अन्य पार्टीमा प्रवेश गर्ने केन्द्रीय सचिव कनिष पट्टेल, सुदूरपश्चिम संयोजक नेत्र मैनाली, सिटिइभुटी संयोजक यज्ञ भट्टलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । त्यस्तै सचिवालय सदस्य राजु कार्की र केन्द्रीय सदस्य प्रकाश पौडेल पनि स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन लागेको भन्दै निलम्बनमा परेका छन् ।


