धनगढी। धनगढीको सेती प्रादेशिक अस्पतालले सिटीस्क्यान सेवा सञ्चालन गर्ने तयारी गरेको छ। सो सेवाका लागि अस्पतालमा सिटीस्क्यान मेशिन ल्याइएको छ। अस्पतालले खरिद गरेको मेशिन शनिबार पुगेको अस्पताल प्रशासनले जनाएको छ।
सिटीस्क्यान सेवा सञ्चालनमा आएपछी अस्पतालमा सेवा लिने सेवाग्रहीलाई सहजता हुने भएको छ । उक्त सेवा सुरु भएपछि बिरामीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बाध्यताको अन्त्य हुने अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताए । अस्पताल प्रमुखका अनुसार बढीमा एक महिनापछि अस्पतालबाट सिटीस्क्यान सेवा प्रदान गर्न सकिने बताएका छन्। मेशिन पुगेसँगै कम्पनीले जडान कार्य पनि थालेको छ।


