कैलाली। कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा पुष्पराज कुँवरको प्यानल नै विजयी भएको हो।
अध्यक्ष पदका अर्का प्रतिस्पर्धी सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्। कुँवरले ६७८ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत मात्रै ल्याए । यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा भएका छन् । उनले ६१२ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ४१९ मत ल्याएर पराजित भोग्नुप¥र्यो । उद्योग उपाध्यक्ष तर्फ दिनेश लम्साल ६२१ मत ल्याएर बिजयी भएका छन् भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी ३३६ मतमै चित्त बुझाउनुप¥र्यो । यस्तै एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल बिजयी भए ।
अग्रवालले ५१६ मत लाए भने उनका प्रतिस्पर्धी प्रकाशचन्द्र भट्ट ४५८ मत ल्याएर पराजित भएका छन् । यस्तै वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त बिजयी भएका छन् । उपाध्यक्षमा लक्ष्मणराज पन्तले ५४६ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी केशब दत्त पाण्डेय ४०४ मत ल्याएर पराजित भएका छन् । यस्तै महासचिबमा ओम बिष्टले ५१४ ल्याएर बिजयी भएकोमा उनका प्रतिस्पर्धी ४८१ मत ल्याएर पराजित भएका छन् । यस्तै कोषाध्यक्षमा भिष्मराज ओझा अबुले ६८० मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी रन्जन कुमार शर्माले ३०३ ल्याइ पराजित भोग्नुपरेको छ । सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्। उनले ३९९ मत ल्याए । उनका प्रतिस्पर्धी महेन्द्र कुमार सिँहले ३४९ मत तथा अर्का प्रतिस्पर्धी जयराज न्यौपोनले २१२ मत ल्याएर पाराजित भएका छन् ।
यस्तै सदस्यहरुमा अम्बीका भण्डारीले ५७० मत प्राप्त गरेर बिजयी भएकी छन् । कबिन्द्र पन्त ५८२ मत,कृष्णा कुमारी विष्ट ४४१ मत,कोपिला कुँवर ५६९ मत,तिलक बहादुर बोहरा ६४० मत ल्याएर बिजयी भएका छन् । यस्तै सदस्यहरुमा प्रकाश कुमार चन्दले ५५२ मत प्राप्त गरी बिजयी भएका छन् । बाशुदेव भट्ट ४४२, मिलन कुँवर ४६७ मत ल्याइ बिजयी भए । यस्तै रबि कुँवर ५७१, राधिका कुमारी चौधरी ४८७, रिता जोशी ४१८ मत, रुपेश खड्का ५३८ मत, लोकराज भट््ट ५६८ मत ल्याएर बिजयी भएका छन् । यस्तै शुम्भु लामिछाने ४६७, श्यामराज जोशी ५१५ मत, सुरेन्द्र कुमार बोहरा ४३५ मत, सुरेन्द्र बहादुर कडायत ४४३ मत ल्याएर बिजयी भए छन् । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भैसकेपछि अध्यक्ष पुष्पराज कुँवरले ब्यवसायीको हकहित र ब्यवसाय क्षेत्रमा देखीएका समस्यालाई समाधान गर्ने प्रतिबद्यता ब्यक्त गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्षले आफुले गरेका प्रतिबद्यता र बाँकी अधुरा रहेका काम पुरा गर्ने बताएका छन् । साथै उनले सबै मतदातालाई धन्यवाद दिदै सबैसित सहकार्य सहमतीका साथ अघि बढ्ने बिश्वास ब्यक्त गरेका छन् ।






