कैलाली। धनगढीमा उच्च अदालतको माग गर्दै सर्बोच्चमा रिट दायर गरिएको छ। प्रदेश राजधानी भएको ठाउँमा एउटा उच्च अदालत कानुनी ब्यवस्था हुनुपर्ने भएपनी सरकारले कानुनमै भएको ब्यवस्था कार्यान्वयन नगरेको भन्दै एक जना अधिबक्ताले सर्बोच्चमा रिट दायर गरेका छन्।
प्रदेशको राजधानी रहेको स्थानमै उच्च अदातल स्थापनाका लागी परमादेश जारी गरी पाउँ भन्दै अधिवक्ता दीपेन्द्र चन्दले सार्वजनिक हित र सरोकारको रिट दर्ता गराएका हुन्। उक्त रिटमा सर्वोच्च अदालतले आगामी पेशी तोकेपछि यो मुद्दामा निशुल्क बहस गर्न ईच्छुक कैलालीका अधिवक्ताहरुलाई चन्द आमन्त्रण समेत गरेका छन् । उनले समाजिक सञ्जालमा लेख्दै बहस गर्नका लागी मबाट हस्तारक्षर गराएर वकालतनामा लग्नहुन हनुरोध गर्दछु ।

न्याय प्रसाशन ऐन २०७३को दफा ५ मा प्रत्येक प्रदेश राजधानीमा एउटा उच्च अदालत छ भने त्यसको इजलास कञ्चनपुरको महेन्द्रनगरमा राखिएको छ। २०७३ भदौ २९ गते बसेको मन्त्रीपरिषदको बैठकले सातवटै प्रदेशमा उच्च अदालत रहने स्थान तोकिएको थियो । जस अनुसार प्रदेश नम्बर १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को पाटन, प्रदेश ४ को पोखरा, प्रदेश ५ तुलसीपुर प्रदेश ६ को सुर्खेत र प्रदेश नम्बर ७ को दिपायलमा उच्च अदालत राख्ने निर्णय भएको थियो । यो ब्यवस्था प्रदेश राजधानी नतोकिदासम्म रहेको थियो। तर सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएर प्रदेशको नामाकरण गोदावरी भइसक्दा पनी सरकारले आफ्नो निर्णय सच्याइएको देखीदैन् । यस्तै अधिवक्ता चन्दले गम्भीर मानसिक रोगीलाई पनी मासिक ५ हजारका दरले भत्ता दिलाउन परमादेश जारी गरीपाउँ भनेर अर्को सार्वजनिक हित र सरोकारको रिट दर्ता गराएका छन् । त्यसको सर्वाेच्च अदालतमा आगामी पेशी तोकीएको छ ।


