अछाम। अछाममा ढकारी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष सवार गाडी दुर्घटना भएको छ । अछामको साँफेबगर नगरपालिका(४ स्थित सडकमा ढकारी गाउँपालिकाको गाडी पल्टिएको हो। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी धनगढीबाट आउँदै गर्दा आज बिहान ५ बजे साँफेबगरमा गाडी पल्टिएको बताइएको छ।
गाडी सडकमै पल्टिए पछि गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने कुनै चोट नलागेको र गाउँपालिका उपाध्यक्ष नेत्रकला शाहिलाई चोट लागेको छ।यस्तै दुर्घटनामा गाडी चालक सामान्य घाइते भएका छन्। उनको छातिमा चोट लागेको छ। उनको ध्रुवतारा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल ल्याईएको छ।
अछाममा ढकारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सवार गाडी दुर्घटना,२ जना घाईते
अछाममा ढकारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सवार गाडी दुर्घटना,२ जना घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

