कैलाली। कैलालीमा एक आइसक्रिम उद्योगमा आगलागी भएको छ । कैलालीको अत्तरियामा रहेको गोदावरी आइसक्रिम एण्ड डेरी उद्योगमा आगलागी भएको हो।
गोदावरी नगरपालिका-२ सीएमए गल्ली भित्र पदमबहादुर बोहराले सञ्चालन गरेको गोदावरी आइसक्रिम फ्याक्ट्रीमा आज बिहान पौनै ४ बजेको समयमा आगलागी भएको हो।विद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आगलागीबाट उद्योगमा रहेको १ थान डी फ्रिज जलेर नष्ट भएको र अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको उनले बताए।


