धनगढी। धनगढीमा बिपद् जोखिम न्युनीकरण सम्वन्धी छलफल भएको छ। मंगलबार धनगढीमा सञ्चारकर्मीहरुकालागि बिपद् जोखिम न्युनीकरण सम्वन्धी अभिमुखीकरण सम्वन्धी छलफल भएको हो।
अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई मनसुन सुरुहुनु पुर्व तयारी र मनसुनपछि त्यसले पार्ने प्रभाब र क्षती के कसरी कम गर्न सकिन्छ भन्नेबारेमा जानकारी गराइएको हो । सञ्चारकर्मीहरूमार्फत पनी मनसुनको सुचना, जानकारी पाइने भएकाले धेरैलाई सूचना मिल्ने हुँदा सर्तकता अपनाउन र पुर्वतयारीमा रहन सकिने जनाइएको छ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले मनसुन सुरु भएपछि त्यसले पार्ने प्रभाव र क्षति कम गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।सञ्चार माधयमबाट एकै साथ धेरैलाई सूचना मिल्ने हुँदा यसको महत्व झन बढी रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जोशीले बताए । छलफलमा सञ्चारकर्मीले जोखिम न्युनीकरण सम्वन्धी कसरी रिर्पोटीङ गर्न सक्छन् भनेर छलफल गरिएको हो । पत्रकारहरुलाई मौसम पूर्वा अनुमान तथा यसका प्रभाव बारे जानकारी गराउन बिभीन्न समयमा गोष्टी तथा तालिमको आवश्यकता समेत रहेको उनलेबताए ।
बाढी, पहिरो, डुवान, कटान, हावापानी, आगलागी, चट्याङ्ग, भूकम्प जस्ता प्राकृतिक प्रकोप सुरु हुनु पूर्व आवश्यक तयारी र बिपत निम्तिसकेपछि त्यसको व्यवस्थापन के कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो। मनसुन सुरु हुन पूर्व आवश्यक स्रोत साधनको बन्दोबस्त, सुरक्षा उपाय, जनशक्ति व्यवस्थापन तथा बिपतपछि भएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेको सहभागिहरुले बताएका छन् । यस्तै प्राक्टीकल एक्सनका वरिष्ठ कार्यक्रम अधिकृत चक्र बहादुर बमले बहुप्रकोप पूर्व सूचना प्रणालीको स्थानियक्रम सम्बन्धी छलफल गरेका थिए ।
उनले बाढीपुर्व सूचना मात्रै नभएर अब विभिन्न प्राकृतिक प्रकोपको आवश्यक पूर्व तयारी गर्नुपर्नेमा जोड दिए । प्राक्टीकल एक्सनका धरम राज उप्रतीले कार्यक्रमको सहजीकरण गरेका थिए ।उनले बिपद निम्तीसकेपछि उद्धार तथा राहातका लागी समय खर्चने गरेको पाइएकाले यस्को सहि ब्यवस्थापन हुन जरुरी रहेको छ उनले भने । उनले भन बिपद निम्तीसकेपछि पहिला उद्धारको कार्यलाई प्राथमिकता दिनुपर्ने बताए । साथै राहात भन्दा पहिला घटना घट्न नदिने तर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाई छ । कार्यक्रममा बिभीन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।



