कैलाली। भारतको मुम्बईबाट कैलालीका एक ब्यक्तीको करोडौँ रकम चोरी भएको छ। कैलालीको घोडाघोडी नगरपालीका रतुवा ८ घरभई हाल भारत मुम्बईको महाराष्टमा काम गर्दै आएका लक्षीराम थापाको ३ करोड रुपैयाँ १ किलो सुन र २ किलो चाँदि चोरी भएको उनले बताएका छन्।
सो रकम सहित कैलालीको घोडाघोडीकै रमेश बहादुर थापा नाम गरेको व्यक्तिले आज बिहीबार चोरी गरेर फरार भएको पिडीत लक्षीराम थापाले भिडीयो मार्फत बताएका छन् । परिवारका ८/९ जना काम गर्न आएका हामीहरुको पैसा र नगद चोरी भएपछि बिचल्लीमा परेको उनले रुँदै भने। भएको सम्पुर्ण पैसासहित नगद चोरी भएपछि आफु तथा बालबच्चाहरु खान लाउन निकै समस्या भएको उनले बताएका छन् । (भिडीयो सहित)
https://www.facebook.com/nirdosh.jagari/videos/2279319928872340



