धनगढी। मुस्ताङको थासाङ गाउँपालिका–२ सानो सरे भन्ने भीरमा तारा एयरको विमान ठोक्किएर दुर्घटनामा परी ज्यान गुमाउनेमा धनगढीका दुई रहेको पुष्टी भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र तुलसीदेवी तामाङ्ग रहेको जनाईएको छ । उनी दुबै जना श्रीमान् – श्रीमती हुन् । उनीहरु गलैचा उद्योग सञ्चालन गरी काठमाडौं बस्दै आएका थिए। उनीहरुको पुर्खेउली घर भने धनुषा हो।
जहाज मुस्ताङको थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।तारा एयरको जहाज दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएपछि धनुषाको मिथिला नगरपालिका शोकमा डुबेको छ । जहाज दुर्घटनामा मिथिला नगरपालिका ११ का राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो । उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरको विमानमा जोमसोम जाँदै थिए । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।


