धनगढी। धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। आइतबार राती साढे ७ बजेको समयमा धनगढी उप-महानगरपालिका १३ श्रीलंकाबाट ३४ वर्षीय शेरसिंह धामीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलिले धामीलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट लागु औषध खैरो हिरोईन भेटिएको थियो । उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताएका छन्।


