काठमाडौँ । भारतीय सरकारी निकाय राष्ट्रिय जलविद्युत निगम (एनएचपिसी)का अध्यक्ष अभयकुमार सिंहसहितको टोली नेपाल आइपुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेतीको स्थलगत भ्रमणका लागि आग्रह गरेका थिए।
सोही आग्रहबमोजिम एनएचपिसीका अध्यक्ष सिंहसहितको टोली काठमाडौँ आइपुगेको हो। यद्यपि मोदीको लुम्बिनी भ्रमणभन्दा चार दिनअगाडि नै एनएचपिसीले नेपाल सरकारलाई एक पत्र लेखी स्थलगत अवलोकनका लागि अनुमति मागेको थियो। एक अर्बभन्दा बढी डलर लागतको पश्चिम सेती परियोजना ७ सय मेगावाटको छ।
यसअघि अष्ट्रेलियाको स्नोई माउन्टेनले पश्चिम सेतीको जिम्मा पाए पनि पछि चीनको थ्री गोर्जेजलाई अनुमति प्रक्रिया अगाडि बढाइएको हो।यद्यपि केही साताअघिमात्र भारतीय पक्षले पश्चिम सेती परियोजना अगाडि बढाउने तयारी सुरु भएको हो।


