धनगढी। नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा कैलालीको धनगढीमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा निसर्ग हस्पिटलसंगको सहकार्यमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
३१ औँ स्थापना दिवसको अवसरमा अयोजित स्वास्थ्य परिक्षणमा धनगढीका २८ जना विभिन्न संञ्चार माध्याममा कार्यरत पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको हो । समाचार संकलनका क्रममा पत्रकारहरुको भागदौड बढी हुने भएको स्वास्थ्यमा समस्या नहोस् भन्ने उदे्श्यले स्वास्थ्य परीक्षणको ब्यबस्था गरीएको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रबण देउवाले बताए ।प्रेस युनियन कैलालीले पत्रकारहरुका लागि बिभिन्न सिर्जनात्मक कार्य गर्दै आएको बताउँदै युनियन कैलालीका सचिव सीताराम ओझाले स्वास्थ्य परिक्षणले पत्रकारहरुलाई थोरै भएपनि स्वास्थ्य लाभ भएको उनको भनाई छ । पत्रकारहरुको तौल, ब्लड पेसर, ब्लड परिक्षणबाट रोगहरुको परिक्षण लगायत स्वास्थ्य गरिएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रम युनियनका कैलाली अध्यक्ष श्रवण देउवाको अध्यक्षता सम्पन्न भएको थियो। सचिव सीताराम ओझाले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख डा. मेराज आलम अन्सारी रहेका थिए ।