कैलाली। कैलालीमा सशस्त्र प्रहरीले लागूऔषधिसहित ४ जनालाई पक्राउ गरेको छ। शनिवार कैलालीको टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन्। उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस (Spasmo Proxyvon Plus Capsul) क्याप्सुल २० ओटा फेला परेको प्रहरीले जनाएको छ।
भे.४ प.६२७५ नम्बरको मोटरसाइकल, भे.२प.९८५६ नम्बरको बजाज पल्सर १५० सिसिको मोटरसाइकल र टच मोवाइल सेट थान-३ सहित पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको गणले जानकारी दिएको छ।





