कैलाली। कैलालीको चुरे गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले पद तथा गोपनीयताको सपथ लिएका छन्। कैलालीको पहाडी क्षेत्रमा अवस्थित चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।एमालेबाट निर्वाचित अध्यक्ष बोगटीलाई कैलाली जिल्ला अदालतमा बुधबार आयोजित एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश जयानन्द पनेरुले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
बोगटी यसपटक कैलालीमा सपथ ग्रहण गर्ने पहिलो नवनिर्वाचित पालिका प्रमुख हुन्। सपथ ग्रहण कार्यक्रम पछि पत्रकार लाई संक्षिप्त प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष बोगटीले चुरे गाउँपालिका अन्य स्थानीय तहको तुलनामा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पुर्वाधारमा पछाडी रहेको हुदाँ यी विषयवस्तुमा मुख्य प्राथमिकता दिने बताए । उनले अबको पाँच बर्षिय कार्यकाल नमुना गाउँपालिका बनाउन आफुनो ध्यान केन्द्रित रहने उनले बताए ।
यस्तै चुरेगाउँपालीकाबाट रोजगारका लागी बिदेशीएकालाई स्वदेश तथा आफ्नै गाउँठाउँमा रोजगार सिर्जना गर्ने कार्यक्रम योजना ल्याउने बताएका छन् । यस्तै बाटोघाटोको समस्यालाई समाधान गर्ने र बिद्यालय भवन स्तरोउन्नती गर्ने ५ बर्षको योजना रहेको उनले बताएका छन्। यस्तै पर्यटनको सम्भावनालाई उजागर गर्ने र आयआर्जनका गतिबिधीलाई बढाउने योजना रहेको समेत बताएका छन् । उनले गाउँ पालिकामा गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका लोकबहादुर सारुलाई २४ मतले पराजित गरेका थिए। बोगटीले ३३०५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले ३२८१ मत ल्याएका थिए। गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन् । थापाले ३४४९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेकी दीपादेवी साउदले ३१२१ मतमा चित्त बुझाइन्।