धनगढी। धनगढी उपमहानगरपालिका वडा नंम्बर २ को वडा अध्यक्षमा धर्मराज ओझा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस वडा नम्बर २ बाट नेपाली काँग्रेसका ओझा सहितको प्यानल निर्वाचित भएको हो। ओझाले १ हजार १९४ मत पाए । त्यस्तै, महिला सदस्यमा काँग्रेसकै विन्द्राकुमारी बम (सिंह), दलित महिला सदस्यमा मिना रैका आउजी, सदस्यमा केशवराज पन्त र तेजराज पनेरु निर्वाचित भएका छन्।