कैलाली। कैलालीको गोदावरी -११ मा स्वतन्त्र उम्मेदवार प्रेम सिं बडैला बिजयी भएका छन। उनले मत गणना भएदेखी नै अग्रता लिएका थिए । उनि चुनाव चिन्ह खरायो लिएर चुनाबी मैदानमा उत्रिएका थिए । वडामा खसेको २१ सय ८४ मत गणना हुँदा बडैलाले १ हजार ७० मत ल्याएर बिजयी भएका हुन।
दोस्रोमा एकीकृत समाजवादीका शिव विकले ५ सय ६९ मत पाएका छन । तेस्रोमा एमालेका भिम बिकले ४ सय ४ मत प्राप्त गरेका छन । बडैला कांग्रेस समर्थक हुन । उनले जिते पछि सामाजिक सन्जालमा समर्थकहरुले बधाई दिन थालेका छन । बिजयी भएपछि बडैलाले सबै मतदातालाई धन्यबाद दिएका छन ।