धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । २४५३ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११३६ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
अहिले मेयरपदमा नृपबहादुर वड (गठबन्धन कांग्रेस) ६९३ मत , रणबहादुर चन्द (एमाले) ११७,ढकिया ६, छाता १५ मत प्राप्त गरेका छन्। यस्तै, उपमेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार शान्ति अधिकारी(हसिया हतौडा)ले ५७४, तथा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारी(तराजु) ले ३८१ मत प्राप्त गरेका छन् ।
एमालेकी कन्दकला रानाले ३२२ मत प्राप्त गरेकी छन्, राप्रपा २४ मत भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।