कैलाली। कैलाली जिल्लामा ६५ प्रतिशत बढी मत खसेको छ। आज भएको स्थानिय तहको निर्वाचनको मतदान अनुसार ६५ प्रतिशत बढी मत खसेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु जानकारी दिए।उनले भने सबै तथ्याङक प्राप्त भएको छैन्।
१३ स्थानीय तह रहेको कैलालीमा ५ लाख २५ हजार १२५ हजार मतदाता रहेका छन्। कूल मतदातामध्ये मतदान अवधी सम्मको अपडेट अनुसार ६५ प्रतिशत बढी मतदाताले मतअधिकार प्रयोग गरिसकेको जानकारी दिए । स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न आज बिहान ७ बजेदेखि मतदान भएको थियो । मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सभागिता देखिएको मतदान अधिकृतहरुले बताएका छन्।
कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका थिए । केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकामा गएराति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदानस्थलसम्म पुगेर मतदान गर्न सहज भएको थियो । जिल्लामा १३ स्थनीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जानकारी दिएका छन् ।