धनगढी।नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।
सोमबार धनगढीमा ५ दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिए । अहिले गठबन्धनको सरकार रहेको र छ । यो सरकारको लागि पनि स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनबाटै जाने सहमति भएको उनले बताए ।
देउवाले गठबन्धनको आधिकारिक उम्मेदवार नभएका ब्यक्तिी लाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे । देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । चुनावी सभालाई सम्बोधन गर्दै देउवाले बागीलाई कारवाही गर्ने चेतावनी दिए।‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। बागी उठ्दा हामीले पहिले पनि हारेकै हो। अहिले पनि बागी उठेर पार्टी हार् यो भने कुनै पनि हालतमा माफी गरिने छैन।’देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुनसक्ने बताएका छन्।
‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्नसक्छ,’ उनले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ।’
सभापति देउवाले सुदूरपश्चिमका लागि थुप्रै काम गरेको पनि बताएका छन् । उनले सुदूरपश्चिम आफ्ना लागी महत्वपुर्ण ठाउँ भएको बताए । सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ । सबै ठाउँमा मैले काम पनि गरेको छु । भारत भएर सुदूरपश्चिम आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको बताए ।
देउवाले महेन्द्र राजमार्गमा २२ वटा पुल बनाए पनि आफुले बताएको जानकारी दिए । उनले धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने प्रतिवद्धता जनाए । विकासको लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउदै उनले सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन् । कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो,’ उनले भने, भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ । प्रचण्डले गठबन्धनलाई सिध्याउनका लागि सुरुदेखि नै एकथरी तत्व लागेको दावी गरे ।