कञ्चनपुर। कञ्चनपुरको एक होटलमा एक जना मृत फेला परेका छन् । कञ्चनपुरको महेन्द्र नगरमा रहेको नाइन इलेभन होटलमा एक जना युवक मृत भेटिएका हुन् ।कञ्चनपुरको भिमदत्तनगरपालीका १५ निम्बुखेडाका २१ बर्षिय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।उनको शरिरमा कुनै चोटपटक नभएको र बेडमा सुतेकै अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भैरहेको बताए । उनले भने, अहिले होटललाई सिल गरिएको र अनुसन्धान भैरहेको छ । मृत्युको कारण खुल्न नसकेको उनले जानकारी दिए । अहिले सो क्षेत्र तनाब ग्रस्त बनेको छ भने मृतकका आफन्त होटलमा ढुङ्गामुढा गरिरहेका छन् ।


