धनगढी। धनगढीमा गोपाल हमालको र्यालीबाट अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गर्न गइरहेको गोपाल हमालको र्यालीबाट अवैध लागुऔषध चरेससहित धनगढीको ट्राफिक चौराहबाट कैलालीको गोदावरी नगरपालीका ३ का नरेश बादी पक्राउ परेका हुन्।
उनको साथबाट ७ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । लागुऔषध चरेस छ भन्ने आशँकामा चेकजाँचका क्रममा पकेटबाट चरेस भेटिएको हो ।यस सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ। पक्राउ परेका नरेशबादीले कञ्चनपुरबाट चरेस ल्याएको बताएका छन्।



