कैलाली। यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत दुई देशिय छलफलको बैठक सम्पन्न भएको छ । शनिवार निर्वाचन केन्द्रित शान्ति सुरक्षा तथा सिमा व्यवस्थापनका विषयमा कैलालीमा दुई देशका सुरक्षा अधिकारीबीच बैठक भएको हो ।
कैलालीको गोदावरीमा सम्पन्न बैठकले चुनावका बेला ४८ घण्टा सिमानाका सिल गरिने निर्णय गरेको जिल्ला प्रसासन कार्यालय कैलालीले जानकारी दिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गृह मन्त्रालयको आदेश अनुसार भारतिय सुरक्षा निकायसँग छलफल गरेको जानकारी दिए। बैठकले चुनावको दिनभन्दा ४८ घण्टा अगाडी सिमानाका सिल गर्नेगरी निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। उनले अत्यावश्यक आवतजावतमा सहज गरिनेछ तर सो बाहेकका आवतजावतमा रोक लगाईने जानकारी दिए ।
थापाका अनुसार बैठकमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था, सिमा विवाद तथा सिमामा देखिएका दुवै देशका समस्याको विषयमा छलफल गरिएको छ। यस्तै अत्यावश्यक काम विवाह, दाहसंस्कार, बिरामी रेफर र पेट्रोलियम पदार्थको खाद्यान्न सामाग्री ओसारपसार भने नरोकिने र यी बाहेकका सबै किसिमका आवतजावतमा रोक लगाईने उनले जानकारी दिए। त्यस्तै निर्वाचन लक्षित बैठकले चुनावी तयारी बढाएको बताउँदै थापाले दुवैदेशबीच सुमधुर सम्बन्ध स्थापित गर्नेगरी थप विभिन्न विषयमा छलफल गरेको बताएका छन् ।
त्यस्तै नेपालमा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई निश्पक्ष र धांधलिमुक्त गर्नेगरी आफुहरुबीच छलफल भएको लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी संजय कुमार सिंहले बताए। ‘नेपालमा हुने स्थानिय तहको चुनावका लागी हामी तयार रहेको उनको भनाई छ। उनले स्वतन्त्र र शान्तीपुर्ण तरिकाले चुनाव सम्पन्न गर्न भारितय सुरक्षा व्यवस्थाको पुर्ण सहयोग रहने जानकारी दिए। बैठकमा नेपालको कैलाली, कञ्चनपुर र भारतको लखिमपुर खिरीको प्रशासन तथा सुरक्षा निकायहरुको सहभागिता रहेको थियो ।


