धनगढी। नेपाल परिवार दलका युवा नेता खडक नागरीले मृतकका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका वडा न १ का तीब्री पार्कीका परिवारलाई खाद्यवस्तु सहयोग गरेका हुन् ।
पार्कीको श्रीमानको मृत्यु भएको सुन्दा नागरी नेताले मृतक परिवारका घरमै पुगेर आफ्नो तर्फबाट खाद्यान्न सहयोग गरेको बताए । युवा नेता नागरीले ५० केजि मन्सुली चामल, ५ केजि ज्ञान आटा, २ केजि चना दाल, १० केजि आलु, ५ केजि मुला, २ केजि चिनि सहयोग गरेका छन् । यस्तै पत्रकार रमा चन्दले रु १५०० सहयोग गरेकी थिइन् ।
पार्टीको केन्द्रीय सदस्य बिष्णु कुमारी बिके लगायतकाले मृतकलाइ सहयोग गरेका हुन । तेस क्षेत्रका स्थानीयले अहिलेसम्म कुनै पनि जनप्रतिनिधि वा राजनीतिक दलले कुनै किसिमको सहयोग नगरेको युवा नेता खडक नागरीले जानकारी दिए । मृतकका ५ जना छोराछोरी छन् । नेता नागरीले धनगढी उपमहानगरपालिका वडा न १ का बासिन्दाहरुलाइ हरेक सुख दुःखमा साथ दिइरहेका स्थानीय बासिन्दा वीर बहादुर नेपालीले बताएका छन् ।



