कैलाली। कैलालीको अत्तरीयामा रहेको पदमा अस्पताल प्रालीले एकदिने निशुल्क बालरोग स्वास्थ्य शिविरको आयोजना गरी सम्पन्न गरेको छ।
पदमा अस्पताल प्राली अत्तरीया कैलालीको आयोजना र दुर्गा माध्यमिक विद्यालय हाटखोली परिवारको सहयोगमा एक दिने निशुल्क बाल रोग स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । पदमा अस्पताल प्रालीले आफ्नो स्वास्थ्य उपचार सेवा तथा सामाजिक उत्तरदायीत्व अन्तरगत निशुल्क बालरोग स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
निशुल्क बालरोग स्वास्थ्य शिविरमा बालबालीकाहरुको स्वास्थ्य अवस्थाको बारेमा चेकजाँच गरिएको थियो । निशुल्क बालरोग स्वास्थ्य शिविरमा बालबालीकाहरुले स्वास्थ्य लाभ पाएका छन् । निशुल्क बालरोग स्वास्थ्य शिविर कार्यक्रममा बिशेष सहयोग गर्नुहुने प्रध्यानाध्यापक कर्ण बहादुर साउँद लगायत सम्पुर्ण दुर्गा माध्यमिक विद्यालय हाटखोली परिवारलाइ धन्यवाद ब्यक्त गरिएको छ।



