कैलाली। कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै दुर्घटनामा एकजना घाइते भएका छन्।
जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ५ सिंहासन सामुदायीक वनको कच्ची सडकमा म १ क ४०७ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा चालक गौरीगंगा नगरपालिका ४ बस्ने छम्मन प्रसाद सापकोटाको मृत्यु भएको हो ।ट्रक अनियन्त्रत भई १२० मिटर तल खसेको छ । घाइते सोही ठाउँका गोविन्द गुरुङको नवजिवन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


