धनगढी। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते थारु कल्याकारिणी सभा कैलालीका सभापति एवम् थारु अगुवा लाहुराम चौधरीको मृत्यु भएको छ।
उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। मोटरसाइकलको ठक्करबाट गम्भीर उनको आइसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले जानकारी दिए ।
शनिबार साँझ धनगढी उपमहानगरपालिका–३ बड्हरावासी चौधरीलाई छ लेन सडकका पैदल हिड्दै गरेको अवस्थामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का २९ वर्षीय समिर घिमिरेले चलाएको प्रदेश ०२–०३–०१७–प ५९७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको टाउको, खुट्टा र आँखामा गम्भीर चोट लागेको थियो । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

