धनगढी। धनगढी ५ शिवनगरमा रहेको स्टोन ब्रिज माध्यमिक बिद्यालय (चैतन्य पाठशाला)को आयोजनामा नियमित अभियान अन्तरगत शिक्षा, संस्कार र सँस्कृतिका कुरा बिषयक समारोहको आयोजना गरिएको छ ।
शनिवार धनगढीमा आयोजना गरिएको समारोह शिक्षालाई संस्कारसँग जोड्दै विद्यार्थीमा जीवन उपयोगी सिपसँगै आधारभुत मुल्य र मान्यताहरुको चेतना जगाउने उदेश्यसहित सो कार्यक्रमको आयोजना गरिएको हो। स्टोन ब्रिज माध्यमिक बिद्यालय(चैतन्य पाठशाला)को नियमित अभियान अन्तरगत चैतन्य संवादको दोस्रो श्रृङखलामा सो बिषयक समारोहमा लेखक शिक्षाविद आचार्य लक्ष्मण भण्डारीले शिक्षा, संस्कार र संस्कृतिका कुरा बिषयकमा आफ्नो प्रस्तुती राखेका थिए।
उनले कार्यक्रममा असल अभिभावक बन्नका लागि ‘अभिभावक शिक्षा’ अभिभावकको बाबुनानीप्रतिको दायित्व, बालबालिकाहरूबाट हाम्रो अपेक्षा, वर्तमान विश्व-समाजको आवश्यकता र बालबालिकाबीचको रुचि, अभिभावक कसरी एउटा प्रेरक शिक्षक बन्न सक्छ, हरेक बालबालिकाको पहिलो पाठशाला घर र प्रथम शिक्षक माता-पिता भन्ने सन्दर्भको व्यावहारिक पुष्टिका बारेमा जानकारी दिएका थिए ।
यस्तै कस्तो आहार-विहारले बालबालिकाको सकारात्मक मानसिक,शारीरिक एवम् चारित्रिक विकास सम्भव छ, आदर्श विद्यार्थी एवम् जिम्मेवार नागरिक बन्न बालबालिकालाई कस्तो घरायसी वातावरण आवश्यक छ, बालबालिकामा कसरी पठन संस्कृतिको विकास गर्ने भन्नेबारेमा जानकारी प्रदान गरेका थिए। आजका बालबालिकामा देखिने मूलभूत व्यावहारिक समस्या र तिनको रचनात्मक समाधानका उपाय, असल अभिभावकको विद्यालयप्रतिको दायित्व र मर्यादाका बारेमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी गणेश बहादुर सिंह रहेका थिए । प्रमुख कार्यकारी अधिकृत, गणेश प्रसाद जोशी लगायत अतिथिहरुको उपस्थीती रहेको थियो । प्रमुख कार्यकारी अधिकृतले विद्यालयको दृष्टिकोण र अवधारणको बारेमा जानकारी गराउनु भएको थियोसाथै कार्यक्रमलाई सभ्य तथा भव्यताका साथ सम्पन्न गर्नमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ब्यक्त गरीएको छ। स्टोन ब्रिज माध्यमिक विद्यालयले २० वर्ष शैक्षिक यात्रा पुरा गरेको र चैतन्य पाठशालाको नामबाट यसको बिरासतमा इटा थप्ने र आगामी यात्रा तय गर्ने बिन्दुमा रहेको बिद्यालयले जनाएको छ । चैतन्य पाठशाला हाम्रो समय र शिक्षामा देखिएका सिप र ज्ञानको अभाव परिपूर्तिका लागि स्थापित एक आधुनिक र पूर्ण विद्यालय हो। यो शिक्षालय मूल्यहरूसहितको संस्कारयुक्त मानव निर्माणकालागि साधना–शिविर हो । हाम्रो सैद्धान्तिक जग पूर्वीय अध्यात्मिक परम्परा र शिक्षाको व्यवहारिक दर्शनमा आधारित छ पूर्वीय दर्शनले आफूसहित संम्पूर्ण विश्वको कल्याणको कल्पना गर्न सिकाउनेछ भने व्यावहारिक ज्ञानले जीवन उन्नयनमा टेवा पुग्नेछ।
यसका लागि एउटा आधुनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधार, स्रोतसाधन र जनशक्तिको उपलब्धता र योजना हामीसंग छ । साथै हरेक सिकारुका लागि ज्ञान स्कुल हाताभन्दा बाहिर प्रकृतिमा, खेतमा, बजारमा, सडकमा, गाउँमा, पर्व,उत्सव आदिमा बढी छ भन्ने कुरामा हामी सचेत छौं यस मान्यताउपर लक्ष्य हासिल गर्न विद्यालयले निम्न कुरामा जोड दिने बताएको छ । जस अनुसार ➢शिक्षालाई संस्कारसँग जोड्दै विद्यार्थीहरुमा जीवन उपयोगी सिपसँगै आधारभुत मुल्य र मान्यताहरुको चेतना जगाउने।
➢ स्थानिय र अन्तरराष्ट्रिय प्रतिस्पर्धामा बिद्यार्थीहरुलाई दक्ष बनाउन आवश्यक शैक्षिक गतिबिधि संचालन गर्ने।
➢ मध्यम आर्थिक अवस्थाका परिवारलक्षित सर्वशुलभ र मितव्ययी शैक्षिक कार्यक्रम ।
➢ शिक्षकहरूको दक्षताको अभिवृद्धिका लागि निरन्तर तालिम र अभिमूखिकरणको कार्यक्रम संचालन।
➢ खेलकुद सबैलाई अनिवार्य गरि यसबाट उनीहरूको स्वास्थ्य र शारीरिक विकासमा सकारात्मक प्रभाव पर्नेछ।
➢ रुचीअनुसार विद्यार्थीको सङ्गीत, चित्रकला, नृत्य, सिर्जनात्मक लेखन र वक्तृत्वकला गरी पाँच भागमा वर्गीकरण र ती विधामा विद्यार्थीलाई दिगो र व्यवसायिक रूपमै उभिन सक्ने गरी प्रशिक्षिण ।
➢ विद्यार्थीको विकासको सूचना स्कुलको बेबसाइटमा राख्ने र अभिभावकहरूले आफ्ना छोराछोरीको विकासको सूचकाङ्क घरैबाट हेर्न, र त्यसको आधारमा स्कुलसँग परामर्श गर्ने ।
➢ स्कुल हाताभित्र पूर्ण जैविक र विषादिरहीत खानाको बिक्रि वितरण र विषाक्त खानालाई पूर्ण रूपमा निरुत्साहित।
➢ योग र ध्यानका कार्यक्रमहरू शिक्षालयभित्र सञ्चालन।
➢ पढाइमा कमजोर विद्यार्थीकालागि अतिरिक्त कक्षाहरू संचालन ।




