अछाम। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, अछाम जिल्ला सह ईन्चार्ज तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् । बान्नीगढी जयगढ गाउँपालिकामा एक औपचारिक कार्यक्रमका बीच उपाध्यक्ष साउदसहित नेताहरूनेकपा एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले पार्टीमा स्वागत गरेका छन् ।एमाले प्रवेश गर्दै उपाध्यक्ष साउदले साविकको नेकपा तथा वाम एकताको निरन्तरता स्वरुप आफूलगायतका नेता एमालेमा समाहित भएको बताए ।

