कैलाली। कैलालीका युवाहरु मिलेर झोलुङ्गे पुलमा नेपाली राष्ट्रिय झण्डा गाडीएको छ। कैलालीको गोदावरी नगरपालीका ९ र धनगढी उपमहानगरपालीका १७ स्थीत झोलुङ्गे पुलमा धनचौरी समाज बिकास समन्वयमन्चका युवा तथा धनचौरीका स्थानिय युवाहरु मिलेर नेपाली झण्डा राखेका हुन।
अनलाइन ग्रुप धन्चौरी समाज बिकास समन्वय मन्चका अध्यक्ष चक्र बहादुर चन्द, उपाध्यक्ष उद्वव भट्टराई लगायतको ग्रुप र समाजका अगुवा तथा धन्चौरी गाउँ निर्माता अग्रज हिरालाल बोहराबाटले आज नेपाली राष्ट्रिय झण्डा राखिएको हो । अनलाइन ग्रुप धन्चौरी समाज बिकास समन्वय मन्चका अध्यक्ष चक्र बहादुर चन्दले समाज देश तथा देश बाहिर रहेका सम्पुर्णको सहयोग र हौसलाले सामाजिककार्य गर्ने उदेश्य सहित झोलुङ्गे पुलमा नेपाली झण्डा फहाराइएको जानकारी दिए।
अनलाइन ग्रुप धनचौरी समाज बिकास समन्वय मन्चले समाजमा युवाहरुको दायीत्व हुने भएकाले केही न केही उदाहरणीय काम गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नयाँ बर्षको अवसर पारेर झोलुङ्गे पुलमा नेपाली राष्ट्रिय झण्डा राखीएको बताए। यस्ले समाजमा राम्रो सन्देश दिने र आन्तरीक तथा बाह्य पर्यटकको केन्द्र बन्ने बिश्वास लिएका छन्। नया बर्ष २०७९ सालको पहिलो दिन शुभदिनको अवसर पारेर धनचौरी समाज बिकास समन्वय मन्चका युवा तथा धनचौरीका स्थानिय युवाहरु मिलेर नेपाली झन्डा गाडिएको युवा नरेन्द्र चन्द ठकुरीले बताए ।
यस्तै धन्चौरी समाज समन्वय मञ्चको कोष र बचत रकमबाट संकलीत भएको जम्मा २६ हजार ५ सय ५ बाट नेपाली झन्डा राखिएको हो । कार्यक्रममा सहभागि तथा सहयोगीदाता पुस्कर राज भट्टराईले आज नयाँ बर्षको दिन ,सो दिनमा समाजिककार्य गर्ने प्रयोजनका निमित्त यो देश समाज तथा देश बाहिर बस्नु भएका सम्पुर्णमा दाजुभाइको सहयोग र हौसलाले आज यो अनलाइन ग्रुप धन्चौरी समाज बिकास समन्वय मन्चले यो देशको सान देशको गर्व राष्ट्रिय झण्डा झन्डोत्तल गरियो । र यस समाजका अगुवा तथा धन्चौरी गाउँ निर्माता बृद्ध ब्यक्तित्व श्री हिरालाल बोहरा ज्युबाट समाजिक कामको शुरूवात गरिएको बताए । अगामि दिनमा फेरि पनि समाजिक काममा यो ग्रुपको सक्रियता रहिरहने उनको भनाई छ । उनले भने अझै ६ ,७ हजार झण्डा राख्न बाँकी छ । धन्चाैरि समाज समन्वय मञ्चकाे काेषमा उद्वव भट्टराईबाट रू ५०० चक्र चन्दबाट रू ६00 भिम बलायरबाट रू ७,६८0 हेम चन्दबाट रू ५,000 धनदेब भट्टराईबाट रू ८,000 दिपेश चाैधरिबाट रू ६२५ पुस्कर राज भट्टराईबाट रू १,000 सुरेश भट्टराईबाट रू १,000 धन ब. बाेहरा(ख)बाट रू १,000 खडक ब. थापाबाट रू १,000 शान्ति खड्काबाट रू १,00 संकलीत भएको हो । काेष संकलन रू २६,५0५ बाट झन्डाकाे लागि निकासा भएकाे रकम सुरेश भट्टराईकाे हातमा नगद रू ४,१00 सुरेश भट्टराईकाे हातमा चेक रू १,५,000 जम्मा काेष निकासा रू १,९१00 बचत रकम: जम्मा काेष संकलन रू २६, ५0५ जम्मा काेष निकासा रू १९,१,00 काेषमा बचत रकम रू ७,४0५ भएको हो।



