दार्चुला। दार्चुलामा लाइसेन्स बिना औषधि विक्री गर्ने मेडिकललाई जरिवाना गरिएको छ । बजार अनुगमनका क्रममा बिना लाइसेन्स औषधि विक्री वितरण गर्दै आइरहेको पाइएपछि मेडिकलहरुमा अनुगमन गरिएको हो ।
अर्काको लाइसेन्स राखेर मेडिकल संचालन गरी औषधि विक्री वितरण गरिरहेको विस्वास मेडिकल हललाई जरिवाना गरिएको छ। जिल्ला सदरमुकाम खलंगाको बंगाबगडमा रहेको उक्त मेडिकल संचालकले अर्का व्यक्तीको लाइसेन्स राखेर औषधि वित्री वितरण गर्दै आएको पाइएको छ । बजार अनुगमनका क्रममा बिना लाइसेन्स औषधि विक्री वितरण गर्दै आइरहेको पाइएपछि तत्काललाई ५ हजार रुपैया जरिवाना गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् ।
लाइसेन्स बिमा औषधि विक्री गर्ने उक्त मेडिकललाई यसपछि के कारबाही गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी संग सल्लाहा गर्ने उनले बताईन्। ति मेडिकल संचालकले दर्ता प्रमाण पत्र, कर सम्बन्धिका कुनै पनि प्रमाण पत्र देखाउन नमानेको उनको भनाई छ। चाडबाड लक्षित अनुगमनका क्रममा आज बंगाबगडमा रहेका २७ वटा किराना पसल र २ वटा मेडिकलहरुमा अनुगमन गरिएको उनले जानकारी दिईन् । यस्तै अनुगमनकै क्रममा कुनै पनि निकायमा दर्ता नै नगरी वियरबार संचालन गर्दै आइरहेको बंगाबगडकै एक वियरबारलाई पनि जरिवाना गरिएको छ । उक्त वियरबारलाई पनि ५ हजार रुपैया जरिवाना गरीएको हो ।
२७ वटा किराना पसलहरुमा गरीएको अनुगमनमा ठुलो संख्यामा अखाद्य बस्तु (म्याद नाघेको) समान बरामद गरिएको उनले जानकारी दिईन्। किराना पसलहरुबाट १ लाख भन्दा बढीको म्याद नाघेको समान बरामद गरी नष्ट गर्न ल्याइएको बताइएको छ । बजार अनुगमनका बेला अनुगमन टोलीले जनचेतना मुलक सन्देश सहितका पर्चा पम्पलेट पनि वितरण गरेको छ । उपभोक्ता हक संरक्षण सम्बन्धि सचेतना प्रवाह गर्ने पर्चा पम्पलेट वितरण गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी साउँदको संयोजकत्वमा गरीएको बजार अनुगमन टोलीमा स्थानिय तह महाकाली नगरपालिकाका प्रतिनिधि, घरेलु तथा साना उद्योग विकास समितिका प्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि, नेपाल पत्रकार महासंघ प्रतिनिधि र नेपाल प्रहरीको सहभागिता रहेको थियो । क्रमिक रुपमा खलंगा बजार अनुगमन गरिने जनाइएको छ ।

