धनगढी। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
मंगलवार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रबिण धितालले अत्तरियामै कार्यरत प्रहरी हवल्दार खडक बहादुर ऐर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान हेमराज जोशीलाई सम्मान गरेका हुन् ।
मातहतका कार्यालयका कर्मचारीको कार्य मुल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरिएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया तथा मातहत समेतमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्राफिक प्रहरी कर्मचारीहरु मध्ये २०७८ साल माघ र फागुन महिनाको ट्राफिक पुलिस आफ द मन्थ अवार्ड र नगद पुरस्कारसहित ऐर र जोशीलाई प्रदान गरिएको हो।



