कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ७७६५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किएको हो। सो दुर्घटनामा गम्भीर घाइते भएका गौरीगंगा नगरपालिका-७ का ३५ वर्षीय दिलबहादुर तडीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


