धनगढी। कैलालीको धनगढी राजपुरमा माछापुच्छ्रे बैंकको शाखा बिस्तार गरिएको छ । धनगढी उपमहानगरपालिका – १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याइएको हो।
उक्त शाखा कार्यालयकोे बिहीवार धनगढी उप महानगरपालिकाका मेयर नृप बहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन।उक्त शाखा उद्घाटन कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो।
नयाँ शाखासँगै कैलाली जिल्लामा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ। माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।


