धनगढी । पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
बोलन्या थली अभियानले मंगलबार मण्डलामा एक लाख चिठी डोकोमा राखेर पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि दबाब दिँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । बोलन्या थली नामक अभियानले पश्चिम सेती जलविद्युत निर्माणका लागि दबाब दिन सुदूरपश्चिमबासीका १ लाख चिठी र २२ डोका सहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
अभियानले सुदूरपश्चिमका नौ जिल्लाका घरमा गएर दुई वर्षयता एक लाख चिठी संकलन गरेको थियो। त्यसलाई लिएर निर्माण छिटो गर्न भन्दै माइतीघर आएर प्रदर्शन गरेको बताइएको छ ।उनीहरूले प्लेकार्ड समेत बोकेका थिए। २९ वर्षदेखि आश्वासन दिइएको पश्चिम सेती कहिले बन्छ भन्दै प्रदर्शन गरेका हुन्। ३ दिन मण्डलामा प्रदर्शन गरेर ती पत्रहरु प्रधानमन्त्रीलाई बुझाउने तयारी रहेको बोलन्या थलीले जनाएको छ ।



