धनगढी। जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा केही क्षेत्रमा लगानी या सहयोग गर्नु उत्तम मानिन्छ । धनगढीकी एक महिलाले यस्तै नवनतम सोच राख्दै जन्मदिनको अवसरमा सामाजिक तथा आर्थिक क्षेत्रमा लगानी गरेकी छिन् । यसै मान्यतालाई मध्यनजर राख्दै धनगढीकी निरुता हमालले जन्मदिनको अवसरमा बिमा पोलीसीलाई सहयोग गरेकी हुन् ।
उनीकी आमा लक्ष्मी हमालले अनाबश्यक खर्च भन्दा बिमा पोलीसीलाई उत्तम मानी सो सहयोग तथा उपहार दिएको जानकारी दिइन् । बिमा पोलीसीले पनी छोरी निरुता हमाललाई जन्मदिनको शुभकामना ब्यक्त गर्दै सहयोग गर्नुपर्छ भन्ने सोच राख्ने आमा लक्ष्मी हमाललाई हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।


