धनगढी। सुदूरपश्चिम प्रदेश सभाको सचिवमा देवबहादुर बोगटी नियुक्त भएका छन् । तत्कालिन सचिव रामसिंह ठगुन्नाले राजीनामा दिएपछि नेपाल प्रहरीका अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटी नियुक्त भएका हुन् । आइतबार सभामुख अर्जुनबहादुर थापाले बोगटीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
डोटी जिल्लाको शिखर नगरपालिका‐२ घर भएका बोगटीले आइतबार नै पदबहाली गरे। यसैवीच प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री तथा एकीकृत नेकपा समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बोगटीलाई बधाई दिएका छन् ।सो अवसरमा पूर्वमन्त्री माया भट्ट पूर्व राज्यमन्त्री प्रकाशवबहादुर रावलले समेत बोगटीलाई बधाई दिए ।


